भंगेरा बचाउ अभियानमा वीरगंज महानगर गम्भिर रहेको – मेयर राजेशमान सिंह
वीरगंज १८ भदौ । भंगेरा प्रजातिको पंक्षीसँगै अन्य पंक्षीहरुको संरक्षणका लागि वीरगंज महानगर गम्भिर रहेको महानगरका मेयर राजेशमान सिंहले बताएका छन् ।
महानगरको सहयोगमा फर गुड्स रिजन फोरजीआर संस्थाले सुरु गरेको गौरैया भंगेरो बचाउ अभियान अन्तर्गत भंगेराको गुड स्प्यारो हाउस राख्ने अभियानको सुरुवात गर्दै मेयर सिंहले सबैले आ(आफ्नो घरमा गुड राखेर भंगेरासहित अन्य पंक्षीको बासस्थानको सुनिश्चितता गर्नुपर्नेमा जोड दिए।
पछिल्लो समयमा वनजंगल मासिदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले रुखविरुवा रोपेर महानगरलाई हराभरा बनाउने महानगरको प्राथमिकताको विषय भएको बताए । उनले भने,महानगरलाई हराभरा बनाउने अभियान हामीले अघि सारेका छौँ, जसमा रुखविरुवा रोप्ने छौँ,त्यसले पनि पंक्षीको संरक्षणमा सघाउ पुग्छ भन्ने हाम्रो विश्वास छ ।’
वीरगंज महानगरभित्रका सार्वजनिक स्थानमा तत्कालका लागि ५ सय प्रति भंगेराको गुड स्प्यारो हाउस राखिएको फोरजीआरकी अध्यक्ष नुतन सरावगीले जानकारी दिइन् । उनका अनुसार आगामी दिनमा अन्य स्थानमा पनि गुड राख्ने योजना अनुरुप काम भइरहेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




