सही खबर, सही समयमा

२५० किलो गाँजासहित दुईजना पक्राउ

ई-दैनिक जागरण
२०८० कार्तिक १२, आईतवार १६:२७
जनकपुर, १२ कार्तिक/
सर्लाहीको कबिलासी नगरपालिका–९ भलुवाहाबाट २ सय ५० किलो गाँजासहित दुर्ई जना पक्राउ परेका छन। शनिवार राती ९ बजे कविलासी नगरपालिका–९, सलेमपुरबाट भलुवाहा हुँदै गम्हरिया ल्याउँदै गरेको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको छ।
ज १ त ५५५१ नम्बरको ट्याक्टरमा लोड गरी गाँजा ल्याउँदै गरेको अवस्थामा झिम नदी किनारबाट कविलासी नगरपालिका–१० का २८ वर्षीय ट्याक्टर चालक भाग्य नारायण महतो र सोही स्थानका २४ वर्षीय रवि भनेर चिनिने रवीन्द्र राय रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण धितालले बताए।
प्रहरीले आइतवार पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्तिहरू सार्वजनिक गरेको हो। बरामद गरिएका गाँजाको अन्दाजी मूल्य ३० लाख रहेको उनले बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?