सही खबर, सही समयमा

प्रधानमन्त्री दाहालले नरेन्द्र मोदीलाई दिए नेपाल भ्रमणको निम्तो

ई-दैनिक जागरण
२०८१ जेष्ठ २८, सोमबार २२:०९

काठमाडौँ, २८ जेष्ठ । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।

सोमबार भारत भ्रमण सकेर स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले भने ‘मैले मोदीजीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको छु। साथै मोदीजी सँगको भेटघाटमा नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउने तथा दुई मुलुकबीच विगतमा भएका सहमति तथा सम्झौताको कार्यान्वयन लगायतका विषयमा गहन कुराकानी भएको छ।’

उनले भारतसँग सबै द्विपक्षीय संयन्त्रहरूको बैठक सुचारु गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यान्वयन, अरुण जलविद्युत आयोजना एवं कृषि क्षेत्रमा सहकार्य जस्ता विषयमा गहन कुराकानी भएको सुनाए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?