सामुदायिक सेवा केन्द्र मुर्लीमा टिसर्ट हस्तान्तरण
२०८१ भाद्र २, आईतवार १४:१०
वीरगंज, २ भदौ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगंज महानगरपालिका–११ स्थित अल्पाइन माध्यमिक विद्यालयले सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुरका पदाधिकारी र प्रहरीलाई टिसर्ट सहयोग गरेको छ ।
अल्पाइन माविका प्रधानाध्यापक विनोद उपाध्यायले जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी निरीक्षक नीता थापा, प्रहरी नायब निरीक्षक स्वप्नील देवकोटाको विशेष उपस्थितिमा उक्त टिसर्ट हस्तान्तरण गरेका हुन् ।

सोही कार्यक्रममा अल्पाइन माविले आयोजना गरेको मेंहदी प्रतियोगितामा उत्तीर्ण छात्राहरुलाई सम्मानपत्र प्रदान गरिएको छ । मेंहदी लगाउने प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो, चौथो हुने छात्राहरुलाई जि.प्र.का. पर्साका प्रनि नीता थापाले सम्मानपत्र प्रदान गरेकी थिइन् ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र मुर्लीका सचिव कुलनारायण (दिलीप) प्रधान, सदस्यहरु प्रमिला शाही, रोशनी लुगेंली, ऐनुल हक देवान, निर्मल ताम्राकार, मधु सिंह राजपूत, आजीवन सदस्य बृजेश अग्रवाल, प्रहरी हवल्दार सुभाष प्रसाद यादव, प्रहरी जवान राजु चौरसिया, अविनेश राय लगायतको सहभागिता थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?