सही खबर, सही समयमा

नेशनल मेडिकल क्लेज द्धारा पैथोलोजी क्विज प्रतियोगिता २०८१ सम्पन्न

ई-दैनिक जागरण
२०८१ भाद्र १९, बुधबार २१:११

वीरगंज, १९ भदौ । वीरगंजको नेशनल मेडिकल क्लेजमा MBBS मा अध्ययनरत बिधार्थीहरु बिच पैथोलोजी बिषयमा क्विज प्रतियोगिता सम्पन्न भएको छ । क्विज प्रतियोगिता एक औपचारिक कार्यक्रम बीच सम्पन्न गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेशनल मेडिकल क्लेजका एकडेमिक निर्देशक नुशरत जहाँ अंसारीले यो कार्यक्रमको पहिलो शुरुवात हो । अगामी दिनमा पनि यस्तो कार्यक्रम लाई निरन्तरता दिने जानकारी गराउनु भयो । कार्यक्रमम बिशिष्ठ अतिथि अस्पताल निर्देशक इशरत जहाँ अंसारी, एडमिशन निर्देशक आबिद हुसेन अंसारी, प्रो.डा.के.एन.सिहँ, प्रो.डा.ए.के कोसी, प्रध्यापक डा.रबी शंकर गुप्ता, प्रध्यापक डा.सरोज देव, नर्सिङ्ग प्रध्यापक बबिता सिहँ, प्रो.डा.ए.एन.ठाकुर लगायत बिधार्थी, डाक्टर तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतियागितामा २० समूह गरी ४० जना सहभागी रहेका थिए । जसमध्य ६ समूह बीच फाइनल राउन्ड सम्पन्न भएको थियो । फाइनल राउन्डमा ३ समूह बिजेता भएको थियो ।

प्रथम बिजेता बिशाल गोवाली र अभिषेक कोईराला दोस्रो बिजेता ईशा सर्मा र आरुषा मैनाली र तेस्रो बिजेता सागर कोइराला र अंशु लामिछाने रहेका थिए ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?