सही खबर, सही समयमा

एमनेष्टी इन्टरनेशनल गुरुप – १६ द्वारा मानव अधिकारसम्बन्धी एक दिने प्रशिक्षण

ई-दैनिक जागरण
२०८१ पुष १२, शुक्रबार २०:१३
वीरगंज, १२ पुस । एमनेष्टी इन्टरनेशनल गुरुप १६ वीरगंजले साउथ सिटी हिमाल नर्सिङ हस्पिटलमा मानव अधिकारसम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम शुक्रवार सम्पन्न गरेको छ । वरिष्ठ समाजसेवी प्रकाश कुमार उपाध्याय उदघाटन गर्नुभएको कार्यक्रममा एमनेष्टीका पूर्व अध्यक्ष राजेश जैन बोथराले स्वागत मन्तव्य राख्दै एमनेष्टीको ईतिहासबारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रकाश कुमार उपाध्यायले संयुक्त राष्ट्र संघ द्वारा १० डिसेम्बर १९४८ मा पारित मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र तथा मौलिक अधिकारको बारेमा बताउनुभएको थियो। कार्यक्रममा समाजसेवी प्रेम शंकर सिंह, एमनेष्टीका सचिव एवं प्रशिक्षक रजनिस झा, हिमाल नर्सिड्ढा प्रिन्सिपलसमेत करिब १०० जना प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन एमनेष्टी ग्रूप १६ को उपाध्यक्ष संगीता पटेलले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?