सही खबर, सही समयमा

डकहयाम्सको आधिकारिक डिलर समृद्धि एण्ड कन्सर्न सञ्चालनमा

ई-दैनिक जागरण
२०८१ फाल्गुन २, शुक्रबार १५:४८
वीरगंज, २ फागुन । १२५ वर्ष पुरानो ब्रिटिस कम्पनी डकह्याम्सको इन्जिन आयल, गेयर आयल, हाइड्रोलिक, ट्रान्समिसन आयलको आधिकारिक बिक्रेता वीरगंज–१३ राधेमाईमा समृद्धि ट्रेड एण्ड कन्सर्न संचालनमा आएको छ । पर्सा, बारा र रौतहटको अधिकारिक विक्रेताको रूपमा समृद्धि एण्ड कन्सर्न संचालनमा आएको डिलरकी संचालक अनिता साहले बताइन् ।
इंगलैण्डको पुरानो कम्पनी अलक्जेन्डर डकह्याम्स एण्ड कम्पनी लिमिटेडको अनुमतिमा नेपालको लागि नेपाल ल्युब आयल लिमिटेडले उत्पादन गरेको तथा ल्युब भिष्टा प्रा.लि.ले वितरण शुरू गरेको यो प्रिमियर ब्रान्ड सबै सवारीसाधनको लागि प्रयोग गर्न सकिने उनले वताइन । स्कुटी, मोटरसाइकल, ट्याक्टर, ट्रक, टिपर, सुमो, स्कार्पियो लगायतका सबै सवारी साधानहरूको इन्जिन आयल, गेयर आयल, हाइड्रोलिक, ट्रान्समिसन आयल पाईने संंचालिका साहले जानकारी दिईन ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?