सही खबर, सही समयमा

जनता आवास कार्यक्रम संचालन सम्बन्धी सरोकारवालाहरुको बैठक सम्पन्न

ई-दैनिक जागरण
२०८१ चैत्र १९, मंगलवार १४:२८

शैलेश गुप्ता

वीरगंज, १९ चैत । पर्साको भौतिक पूर्बधार कार्यालय वीरगंजमा जनता आबास कार्यक्रम संचालन सम्बन्धी कार्यक्रम संयोजक प्रदेश सांसद बिना शर्माको सरोकारवालाहरु सित आईतवार बैठक तथा विशेष छलफल सम्पन्न भएको छ।

मधेश प्रदेशको सभा सदस्य बिना शर्माको सभापतित्वमा भएको बैठकमा पर्सा जिल्लामा जनता आवास, विपन्न महेन्द्र निधी आवास, मदन भण्डारी आवास कार्यक्रमबाट जनतालाई सजिलो हुने सम्बन्ध तथा विभिन्न विषयमा छलफल भएको कार्यक्रम संयोजक प्रदेश सांसद मधेश प्रदेशकी बिना शर्माले बताएकी छिन ।

बैठकमा भौतिक पूर्वधार कार्यालय वीरगंजका प्रमुख लालबाबु राय, नापी कार्यालय पर्सा वीरगंज प्रमुख राकेश कुमार झा, मालपोत कार्यालय पर्सा वीरगंज प्रमुख अशोक कुमार भट्टाराईको उपस्थिति रहेको थियो ।

पर्साबाट प्रत्यक्ष अप्रत्यक्ष प्रदेश सांसद प्रतिनिधी तथा सरोकारवालाहरुको सहभागितामा बैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको संयोजक प्रदेश सांसद शर्माले बताइन।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?