सही खबर, सही समयमा

लेखक व्यवसायीको पोखरियामा ९ सदसिय तदर्थ समिति गठन

ई-दैनिक जागरण
२०८२ बैशाख १, सोमबार १४:३५

शैलेश गुप्ता

वीरगंज, १ वैशाख । पोखरिया मालपोत लेखक व्यवसायीहरूको भेला शनिवार सम्पन्न भयको छ। सो भेलाबाट ९ सदसिय तदर्थ समिति गठन गरिएको छ।

नेपाल लेखापढ़ी कानून व्यवसायी एसोसिएशन जिल्ला कार्यसमिति पर्साको आयोजनामा मालपोत तथा भूमिसुधार कार्यालय बीरगंज पर्साको मदन प्रसाद कुर्मीको अध्यक्षतामा गरियको लेखक व्यवसायीको भेलाबाट अध्यक्षमा रामाशीष साह गोड, उपाध्यक्षमा जगदीश राउत,सचिवमा प्रेम प्रसाद साह तेली, कोषा ध्यक्षमा सुरेन्द्र साह कानू , सदस्यमा मंटु राउत कुर्मी, राजेश पाण्डेय,राम बिहारी महतो, सागर साह, जनार्दन महतो नुनिया लगायतका पदाधिकारीहरु चयन भयका छन ।

सो भेलामा विशिष्ठ अतिथि वीरगंज महानगर पालिका वडा नम्बर २६ को वडा अध्यक्ष शम्भु मिश्रा, लगायतकाहरुको सहभागिता रहेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?