सही खबर, सही समयमा

पर्सागढ़ी वडा नम्बर २ मा दुई सय मीटर सड़क ढलानको शिलन्यास

ई-दैनिक जागरण
२०८२ बैशाख १, सोमबार १९:२९

शैलेश गुप्ता
वीरगंज, १ वैशाख । पर्साको पर्सागढ़ी नगरपालिका वडा नम्बर २ मा २ सय मीटर सड़क ढलानको लागी मधेश प्रदेशकी सांसद बिना शर्माले शिलन्यास गरेकी छिन ।

मधेश प्रदेशकी सांसद बिना शर्माकी संसदीय बजेट कोषको रु २५ लाखको लागतमा २ सय मीटर लम्बाई र ५ मीटर चौड़ाई सड़क ढलान हुने भएको संसद बिना शर्माले जानकारी गरायकी छिन ।

वडा नम्बर २ को वडा अध्यक्ष विरेन्द्र महतोको अध्यक्षतामा भयको सड़क ढलानका लागी शिलन्यास कार्यक्रमको प्रमुख अतिथि प्रदेश सांसद बिना शर्मा, पर्सागढ़ी नगरपालिकाको मेयर गोकर्ण पाठक, उपमेयर पुजा चौधरी, युवा नेता अर्जुन नेपाल, समाज सेवी इंदु घिमिरे, सीता लामा, दुर्गा लमीछाने, रामबहादुर चौधरी लगायतकाहरुले मंतब्य राखेका थीए । उक्त कार्यक्रममा स्थानीय भद्र भलादमी, युवा, समाज सेवी महिला लगायतकाहरुको सहभागिता रहेको प्रदेश सांसद शर्माले बताइन .

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?