सही खबर, सही समयमा

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

ई-दैनिक जागरण
२०८२ भाद्र २३, सोमबार २२:०३

काठमाडौं, २३ भदौ । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् । सोमबार साँझ मन्त्रिपरिषद् बैठकमै उनले आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले पुष्टि गरेका छन् ।

सोमबार दिनभर राजधानीमा भएको जेनजी समूहको आन्दोलन हिंसात्मक रुप लिँदा कम्तीमा १९ जनाको ज्यान गएको छ ।

उक्त घटनाको जिम्मेवारी लिँदै मन्त्री लेखकले आफू पदमा बसिरहनु उचित नहुने बताएका छन् । राजीनामाको निर्णय उनले त्यसअघि पार्टी बैठकमा पनि सुनाएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?