सही खबर, सही समयमा

उपभोक्ता हित संरक्षण मञ्च, नेपालको ३० औं वार्षिक साधारणसभा सम्पन्न

ई-दैनिक जागरण
२०८२ आश्विन २५, शनिबार २१:१७

अभिलाष गुप्ता

काठमाडौं, असोज २५ । “स्वच्छ बजार र स्वाधीन अर्थतन्त्रका लागि राजनीतिक स्थिरता, उपभोक्ताको सरोकार” भन्ने मूल नाराका साथ उपभोक्ता हित संरक्षण मञ्च, नेपालको ३० औं केन्द्रिय वार्षिक साधारणसभा तथा अधिवेशन शनिबार काठमाडौंको होटेल ताजमहलमा सम्पन्न भयो।

कार्यक्रमको अध्यक्षता केन्द्रिय अध्यक्ष ज्योति बानियाले गर्नुभयो। कार्यक्रममा महासचिव विष्णु तिमल्सिनाले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष पोषकलाल श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो।

अधिवेशनले सर्वसम्मत रूपमा ज्योति बानियाको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रिय कार्यसमिति चयन गरेको छ। उपाध्यक्षमा कोशी प्रदेशबाट मेघराज श्रेष्ठ, मधेसबाट अजय अधिकारी, बागमतीबाट वासुप्रसाद खतिवडा, गण्डकीबाट भुवन प्रसाद निरौला, लुम्बिनीबाट तेजप्रसाद पाठक, सुदूरपश्चिमबाट धनपती ढुंगेल, र कर्णालीबाट सुवर्णा गुरागाई निर्वाचित भए।

महासचिवमा पुनः विष्णु तिमल्सिना, उप–महासचिवमा ऋषि काफ्ले, सचिवमा जयप्रसाद पौडेल, बसन्त गौतम, सरस्वती पङ्गेनी शर्मा, सरस्वती ढकाल र श्याम महर्जन, कोषाध्यक्षमा पुनः पोषकलाल श्रेष्ठ, सह–कोषाध्यक्षमा सत्यनारायण डंगोल चयन भए।

त्यसैगरी सदस्यमा अजित कुमार भुजेल, जीवश चौधरी, बटुनाथ झा, महेश खड्का, लक्ष्मी अर्याल, इन्द्र भुजेल, सूर्यबहादुर बोहरा, कुमार लजुल, चिन्तामणि पौडेल, कृष्ण रिमाल, राम विष्टलगायत चयन गरिएको छ।

अधिवेशनले २९ बुँदे घोषणापत्र पनि जारी गरेको छ, जसमा उपभोक्ता अधिकार सुदृढीकरण, कालोबजारी नियन्त्रण, मूल्य स्थिरता, र गुणस्तरीय वस्तु सुनिश्चितता जस्ता विषयहरू समेटिएका छन्।

अध्यक्ष ज्योति बानियाले भने उपभोक्ताको अधिकारको रक्षा र स्वच्छ बजार प्रणाली स्थापना हाम्रो प्रमुख लक्ष्य हो।उपभोक्ताको आवाज, राष्ट्रको आधार स्वच्छ बजार र स्वाधीन अर्थतन्त्र हाम्रो अभियान ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?