सही खबर, सही समयमा

टयांकरको ठक्करबाट लोप्चनको मृत्यु

ई-दैनिक जागरण
२०८२ कार्तिक ९, आईतवार १९:२२
वीरगंज, ९ कात्तिक । ठोरी गाउँँपालिकामा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । ठोरी गापा–५ ठुलो बाघमोर्चाका फुर्बा लोप्चनको ट्यांकरको ठक्करबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। शनिवार राति ९ बजेतिर लोप्चन मोटरसाइकलमा ठोरी–४, आठघरबाट आफ्नो गाउँँ ठोरी–५, ठूलो बाघमोर्चा फर्किदै गरेकाको अवस्थामा ना ७ ख २१७८ नम्बरको तेल बोक्ने ट्यांकरले ठक्कर दिएर फरार भएको ठोरी–५ का वडाध्यक्ष अष्ट बहादुर लोप्चनले जनाएका छन् । दुर्घटनापछि फरार भएको उक्त ट्यांकरलाई इलाका प्रहरी कार्यालय ठोरीले नियन्त्रणमा लिएको विजयवस्ती प्रहरी चौकीले जानकारी दिएको छ। घटनापछि मृतक लोप्चनको शव नारायणी अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?