वीरगंजमा “बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” सम्पन्न
अभिलाष गुप्ता,
वीरगंज, २८ कार्तिक । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) पर्सा जिल्ला समिति र वीरगंज महानगर समितिको संयुक्त आयोजनामा “बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” अन्तर–विद्यालय स्तरीय प्रतियोगिता शुक्रबार बीरगंज पब्लिक कलेजको नयाँ भवन, पानिटकीमा सम्पन्न भयो।
“Let All the National Private & Boarding Schools Be Unite” भन्ने नारासहित आयोजना गरिएको प्रतियोगितामा कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो। क्विज मास्टर छेडुप लामाले प्रतियोगिता सञ्चालन गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिका शिक्षा महाशाखाका प्रमुख आनन्द लामिछानेले विद्यार्थीहरूको ज्ञान, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न यस्ता गतिविधिले महत्वपूर्ण भूमिका खेल्ने बताए। “शिक्षालाई गुणस्तरीय, अनुशासित र व्यवहारिक बनाउने उद्देश्यले महानगरले निरन्तर सहयोग गर्दै आएको छ। उनले भने।

प्रतियोगितामा पर्साका ११ विद्यालय सहभागी भएका थिए।विजेता विद्यालयहरू यसप्रकार छन् प्रथम : एन्जल इंग्लिस बोर्डिङस्कुल,द्वितीय : विधा सदन इंग्लिस बोर्डिङ स्कुल,तृतीय : लर्ड बुद्ध स्कुल बिजेता भएका थिए।
विजेता विद्यार्थीहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।भोलि घन्टाघरस्थित क्लासिक बैंक्वेटमा हुने प्रदेशस्तरीय प्रतियोगितामा आजका उत्कृष्ट भएकाहरूले सहभागिता जनाउनेछन्।
कार्यक्रम नेसनल प्याब्सन पर्सा जिल्ला समितिका अध्यक्ष रामकुमार श्रेष्ठ र महानगर समितिका नगर अध्यक्ष सोनालाल पटेलको संयुक्त अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा शिक्षाविद्, विद्यालय सञ्चालक, शिक्षक तथा अभिभावकको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम सञ्चालन सुर्यानारायण बिकले गरेका थिए।






यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




