सही खबर, सही समयमा

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

ई-दैनिक जागरण
२०८२ मंसिर १५, सोमबार १८:५२
वीरगंज, १५ मंसिर । हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
सोमवार वीरगंज–१० आदर्शनगरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा मधेश प्रदेश कार्यालयको बीमा प्राधिकरणका प्रमुख आर्या रावल, हिमालयन एभरेष्ट इन्स्योरेन्स लिंका प्रदेश प्रमुख तारिख अख्तर, शाखा प्रमुख मन्दीप प्रधानलगायत ९० जनाको सहभागिता रहेको थियो ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स वीरगंज शाखाका नीरज सर्राफको संयोजकत्वमा आयोजना गरिएको रक्तदान कार्यक्रमले समुदायमा मानवीय सेवा र सामाजिक दायित्वबोध बढाउने भएकाले रक्तदान कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको थियो ।
कार्यक्रममा इन्स्योरेन्सका कर्मचारी, विभिन्न संस्थाका प्रतिनिधि तथा स्वयंसेवी रक्तदाताको सक्रिय सहभागीता रहेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?