27 August ,2026,Thursday

राप्रपा पर्साको अधिवेशन तालिका तय, जिल्ला अधिवेशन भदौ २४ गते

अभिलाष गुप्ता
वीरगंज, १० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्सा जिल्ला कार्यसमितिको बैठकले जिल्लाका विभिन्न स्थानीय तह तथा निर्वाचन क्षेत्रअन्तर्गतका प्रदेश अधिवेशनदेखि जिल्ला अधिवेशनसम्मको मिति र स्थान तय गरेको छ।

बुधबार बसेको जिल्ला कार्यसमितिको बैठकले वीरगञ्ज महानगरपालिका तथा क्षेत्र नम्बर १ र २ अन्तर्गतका प्रदेश ‘क’ र ‘ख’ लगायतका अधिवेशन आगामी भदौ १५ गते वीरगञ्जस्थित सोल्टी गार्डेन एण्ड पार्टी प्यालेसमा गर्ने निर्णय गरेको छ।

त्यसैगरी पोखरिया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका तथा क्षेत्र नम्बर ३ अन्तर्गतका प्रदेश ‘क’ र ‘ख’ लगायतका अधिवेशन भदौ १७ गते श्रीपुर पाँचगावामा आयोजना गर्ने निर्णय गरिएको छ।

बैठकले धोबिनी गाउँपालिका तथा क्षेत्र नम्बर ४ अन्तर्गतका प्रदेश ‘क’ र ‘ख’ लगायतका अधिवेशन भदौ १९ गते लङ्गडीमा गर्ने निर्णय गरेको छ।

यसैगरी राप्रपा पर्साको जिल्ला अधिवेशन भदौ २४ गते बिहान ११ः३० बजे वीरगञ्जस्थित सोल्टी गार्डेन एण्ड पार्टी प्यालेसमा आयोजना गर्ने निर्णय गरिएको जिल्ला कार्यसमितिले जनाएको छ।

बैठकले तोकिएका मिति र स्थानमा अधिवेशन सम्पन्न गर्न सम्बन्धित तह तथा क्षेत्रका पार्टी नेता–कार्यकर्तालाई आवश्यक तयारी तथा समन्वय गर्न आग्रह गरेको छ। अधिवेशन मार्फत पार्टीको संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउने लक्ष्य लिइएको जनाइएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...