31 August ,2026,Monday

एम्नेस्टी ग्रुप १६ वीरगंजद्वारा बेपत्ता दिवसमा दीप प्रज्वलन, विपद् मृतकप्रति श्रद्धाञ्जली

अभिलाष गुप्ता
वीरगंज, १४ भदौ । एम्नेस्टी इन्टरनेसनल नेपाल, ग्रुप १६ वीरगञ्जले ३० अगस्टका अवसरमा जबरजस्ती बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउँदै मानव अधिकारको रक्षा, सत्य र न्यायका लागि आवाज उठाएको छ।

कार्यक्रममा नेपालमा हालै आएको बाढी तथा प्राकृतिक विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ताहरूको सकुशलताको कामना गर्दै दीप प्रज्वलन गरिएको थियो। सहभागीहरूले विपद् प्रभावित परिवारलाई राहत, उद्धार र पुनर्स्थापनामा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।

एम्नेस्टी ग्रुप १६ वीरगञ्जका अध्यक्ष रजनिश झाको नेतृत्वमा भएको कार्यक्रममा समाजसेवी प्रकाश उपाध्याय, सचिव सुनील महतो, पूर्वअध्यक्ष एवं मेन्टर राजेश जैन, सञ्चारकर्मीलगायतको सहभागिता थियो।

अध्यक्ष झाले जबर्जस्ती बेपत्ता पार्नु मानवताविरुद्धको अपराध भएको उल्लेख गर्दै बेपत्ताहरूको सत्य पत्ता लगाई न्याय सुनिश्चित गर्न राज्यलाई निरन्तर दबाब दिँदै आएको बताए। सहभागीहरूले बेपत्ता व्यक्तिका परिवारलाई न्याय र जवाफदेहिताका लागि निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरे।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...