24 September ,2026,Thursday

माईस्थानमा बेवारिसे अवस्थामा भेटिएका व्यक्तिको भारतमा सफल पारिवारिक पुनर्मिलन

वीरगंज, ०८ असाेज । लामो समयदेखि वीरगंजकाे माइस्थान क्षेत्रमा बेवारिसे अवस्थामा रहँदै आएका एक व्यक्तिको मानवसेवा आश्रम वीरगञ्जको पहलमा सफल पारिवारिक पुनर्मिलन गराइएको छ।

केही दिनअघि माइस्थान क्षेत्रमा बेवारिसे अवस्थामा रहेका उनलाई मानवसेवा आश्रम वीरगंजले उद्धार गरी संरक्षणमा लिएको थियो। आश्रमको पहलमा परिवारका सदस्यको पहिचान तथा सम्पर्क स्थापित भएपछि उनलाई भारतको जमुईमा रहेका उनकी दिदी र भिनाजुको जिम्मा लगाइएको हो।

उद्धार गरिएका व्यक्तिलाई परिवारको जिम्मा लगाउँदै सफल पारिवारिक पुनर्मिलन गराउन पाउँदा आफूहरूलाई अत्यन्तै खुसी लागेको मानवसेवा आश्रम वीरगंजका देवेश गुप्ताले बताउनुभयो।

मानवसेवा आश्रमले बेसहारा तथा सडक आश्रित व्यक्तिहरूको उद्धार, संरक्षण र परिवारसँग पुनर्मिलन गराउने कार्य गर्दै आएको जनाएको छ। यस क्रममा सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरूप्रति आश्रमले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...