29 September ,2026,Tuesday

सडक विस्तारसँगै वीरगंजमा विद्युत् तार भूमिगत गर्न महानगरको पहल

वीरगंज, १२ असाेज । वीरगंज महानगरपालिकाले मुख्य सडक विस्तारको कामसँगै विद्युत्का तार भूमिगत गर्न आवश्यक बजेट व्यवस्थापन गर्न माग गरेको छ।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सडक विस्तारसँगै विद्युत्का पोल तथा तारको दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने भन्दै भूमिगत विद्युत् प्रणाली निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गर्न माग गरेका हुन्। यस सम्बन्धमा उनले सोमबार सडक डिभिजन कार्यालय, हेटौँडाका प्रमुख किरण कार्कीलाई आफ्नै कार्यकक्षमा पत्र बुझाएका छन्।

त्रिभुवन राजपथअन्तर्गत गण्डक–घण्टाघर–भन्सार सडकखण्ड विस्तारको काम अघि बढिरहेका बेला विद्युत्का पोल तथा तारलाई पुनः ओभरहेड प्रणालीमै राख्दा भविष्यमा सडक मर्मत, थप विस्तार, यातायात व्यवस्थापन तथा शहरी सौन्दर्यीकरणमा समस्या उत्पन्न हुन सक्ने महानगरको भनाइ छ।

सडक विस्तार सम्पन्न भएपछि पुनः विद्युत्का पोल र तार जडान गर्नुपर्ने अवस्था आएमा सडक संरचनामा समेत असर पर्न सक्ने भएकाले अहिले नै विद्युत् प्रणालीलाई भूमिगत बनाउनु उपयुक्त हुने महानगरले जनाएको छ।

यसअघि पनि महानगर प्रमुख सिंहले विद्युत् तार भूमिगत गर्न आवश्यक बजेट तत्काल विनियोजन गरिदिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग माग गर्दै पत्राचार गरेका थिए।

महानगरपालिकाले सडक विस्तारसँगै विद्युत् प्रणालीलाई भूमिगत बनाउन सम्बन्धित सरकारी निकायबीच आवश्यक समन्वय तथा बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...