29 September ,2026,Tuesday

प्रेस सेन्टर नेपाल पर्साको बैठक सम्पन्न, पत्रकारिता र संगठन सुदृढीकरणबारे छलफल

अभिलाष गुप्ता
वीरगंज, १२ असोज । प्रेस सेन्टर नेपाल पर्सा शाखाको नियमित बैठक विभिन्न विषयमा छलफल गर्दै सम्पन्न भएको छ। पर्सा शाखाका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा बसेको बैठकमा पछिल्लो समयको पत्रकारिता क्षेत्रको अवस्था, संगठनका गतिविधि तथा संगठनलाई थप प्रभावकारी र व्यवस्थित बनाउने विषयमा छलफल गरिएको हो।

बैठकमा वर्तमान परिवेशमा पत्रकारहरूले भोगिरहेका चुनौती, पत्रकारिताको व्यावसायिकता, जिम्मेवार पत्रकारिता तथा संगठनको भूमिकालगायतका विषयमा सहभागीहरूले आफ्ना धारणा राखेका थिए। साथै प्रेस सेन्टर नेपाल पर्सा शाखाका आगामी गतिविधि र संगठनलाई थप सक्रिय बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ।

बैठकमा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य सन्तोष पौडेल, मधेश प्रदेश अध्यक्ष निरज पिठाकोटे मगर, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सचिव दीपक गौतम, प्रेस सेन्टर नेपाल पर्सा शाखाका अध्यक्ष शिवनाथ यादव, पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

बैठकमा संगठनका गतिविधिलाई थप प्रभावकारी बनाउँदै पत्रकारहरूको पेशागत हित, हकहित तथा क्षमता अभिवृद्धिका लागि आवश्यक पहल गर्ने विषयमा समेत छलफल भएको प्रेस सेन्टर नेपाल पर्सा शाखाका सचिव अजित भुजेलले जानकारी दिए।

सचिव भुजेलका अनुसार बैठकले वर्तमान अवस्थामा पत्रकारिता क्षेत्र र संगठनका गतिविधिलाई थप व्यवस्थित गर्दै आगामी दिनमा आपसी समन्वय र सहकार्यका साथ अघि बढ्ने विषयमा समेत जोड दिएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...