30 September ,2026,Wednesday

लायन्स क्लब अफ वीरगंज क्यापिटल, प्रभु र परिवारद्वारा पर्साको ठोरीमा निःशुल्क स्वास्थ्य शिविर तथा राहत कार्यक्रम

वीरगंज, १३ असाेज । लायन्स क्लब अफ वीरगंज क्यापिटल, लायन्स क्लब अफ वीरगंज प्रभु र लायन्स क्लब अफ वीरगंज परिवारले पर्साको ठोरीमा वृद्धवृद्धा तथा असहायका लागि निःशुल्क स्वास्थ्य शिविर तथा राहत कार्यक्रम आयोजना गरेका छन्।

मंगलबार ठोरी गाउँपालिकाको भगवाननगरस्थित वृद्ध तथा असहाय आश्रममा संयुक्त रूपमा आयोजित कार्यक्रममा आश्रममा रहेका वृद्धवृद्धा तथा असहायको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधि वितरण गरिएको थियो।

लायन्स क्लब अफ वीरगञ्ज क्यापिटलकी अध्यक्ष लायन कविता खड्काका अनुसार शिविरमा १३ जनाको रक्तचाप तथा मधुमेह परीक्षण गरिएको थियो।

कार्यक्रममा ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुलीकुमारी रेग्मीको विशेष सहभागिता थियो। उनले गाउँपालिकाले वृद्धवृद्धा तथा असहायका लागि विभिन्न योजना अघि बढाएको भए पनि कार्यान्वयनका क्रममा केही प्रक्रियागत अवरोध रहेको बताइन्।

कार्यक्रममा रिजन चेयरपर्सन लायन डा लक्ष्मी थापा, जोन चेयरपर्सन लायन नरोत्तम पाण्डे, लायन्स क्लब अफ वीरगंज प्रभुकी अध्यक्ष लायन सरिता रम्तेल, लायन्स क्लब अफ वीरगंज परिवारका अध्यक्ष लायन दिगम्बर थापा, लायन्स क्लब अफ वीरगंज क्यापिटलका सचिव लायन शिवनाथ यादव, लायन चन्दन सिंह तथा स्थानीय समाजसेवी लायन सन्तोष श्रेष्ठलगायतको सहभागिता थियो।

कार्यक्रममार्फत आश्रममा आश्रित वृद्धवृद्धा तथा असहायलाई स्वास्थ्य सेवा र आवश्यक औषधि उपलब्ध गराइएको आयोजकले जनाएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...