5 October ,2026,Monday

डा. दिलिप कुशवाहा एमालेमा प्रवेश, कालिकामाईमा अध्यक्ष लडने

वीरगंज, १८असोज । कालिकामाई गाउँपालिकाका निवर्तमान अध्यक्ष स्वर्गीय नाथुनी कुशवाहाका छोरा डा. दिलिप कुशवाहा नेकपा एमालेमा प्रवेश गरेका छन्। पछिल्ला समय कांग्रेसमा सक्रिय रहेका उनी एमाले प्रवेश गरेका हुन । एमालेले उनलाई  आगामी स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने भएको छ।

वीरगंजमा आयोजित एक कार्यक्रममा नेकपा एमाले पर्साका जिल्ला अध्यक्ष विश्वम्भर शर्मा र कालिकामाई गाउँपालिका कमिटीका अध्यक्ष अनुप तिवारीले संयुक्त रूपमा टीका तथा माला लगाएर कुशवाहालाई पार्टीमा स्वागत गरेका हुन्।पार्टी प्रवेशपछि आगामी निर्वाचनमा डा. कुशवाहालाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने विषयले कालिकामाईको राजनितिक वृत्तमा चासो बढाएको छ। गाउँपालिका कमिटीका अध्यक्ष अनुप तिवारीले डा. कुशवाहा आगामी निर्वाचनमा गाउँपालिका अध्यक्षको उम्मेदवार रहने  बताएका छन्।

पार्टी प्रवेश कार्यक्रममा कालिकामाई गाउँपालिका–२ का वडाध्यक्ष सोनालाल चौरसिया, वडाध्यक्षका प्रत्याशी जितेन्द्र कलवार, पालिका कमिटी सचिव पन्लनालाल चौरसिया,युवा संघका अध्यक्ष असलम आलम,धुरी साह गोण लगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...