सही खबर, सही समयमा

वाणारसी सिटबाट मोदी निर्वाचित

ई-दैनिक जागरण
२०८१ जेष्ठ २२, मंगलवार २२:०५

काठमाडौँ, २२ जेष्ठ । आसन्न लोकसभा निर्वाचनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वाणारसी सिटबाट निर्वाचित भएका छन्।

भारतीय निर्वाचन आयोगका अनुसार मोदीले उक्त निर्वाचन क्षेत्रबाट छ लाख १२ हजार ९७० मत ल्याएर विजयी भएका हुन्।

मोदीका प्रतिद्वन्द्वी भारतीय राष्ट्रिय कांग्रेसका अजय राईले चार लाख ६० हजार ४५७ मत प्राप्त गरेका छन्।

दुबैबीचको मतान्तर एक लाख ५२ हजार ५१३ छ। यो निर्वाचन क्षेत्रमा प्रारम्भिक रुझानमा राईसँग मोदी पछाडि परेका थिए। यद्यपि मतगणना अघि बढ्दै जाँदा उनले अग्रता लिएर जित निकालेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?