सही खबर, सही समयमा

वीरगंजमा निषेधाज्ञा जारी

ई-दैनिक जागरण
२०८२ भाद्र २३, सोमबार २१:४९

वीरगंज, २३ भदौ । पर्सा जिल्लाको वीरगंज महानगरपालिका क्षेत्रभित्र आज बेलुकी ९ः०० बजेदेखि भोलि बिहान ९ः०० बजेसम्म निषेधाज्ञा जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम सुरक्षालाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरेको हो।

निषेधाज्ञा अवधिमा कुनै पनि प्रकारको सभा, जुलुस, प्रदर्शन, भेला, बैठक वा धर्ना गर्न पाइने छैन। साथै अनावश्यक आवतजावतमा पनि रोक लगाइएको प्रशासनले जनाएको छ।

निषेधाज्ञा लागू हुने क्षेत्रहरू यसप्रकार छन्ः

१. पूर्व: बाईपास रोड

२. पश्चिम: सिरिसिया पुल

३. उत्तर: गण्डक चौक

४. दक्षिण: शंकराचार्य गेट

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले हस्ताक्षरित आदेशअनुसार उल्लंघन गर्नेहरू माथि कानूनी कारबाही गरिने चेतावनी दिइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?