31 August ,2026,Monday

राप्रपा पर्साका क्षेत्रीय तथा वीरगंज महानगर अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

अभिलाष गुप्ता
वीरगंज, १५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्साको क्षेत्र नम्बर १ र २ को क्षेत्रीय अधिवेशन तथा वीरगंज महानगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले विभिन्न तहमा नयाँ नेतृत्व चयन गर्दै संगठनलाई थप सुदृढ र गतिशील बनाउने विश्वास व्यक्त गरेको छ।

अधिवेशनबाट क्षेत्र नम्बर १ को अध्यक्षमा बिनय झा र क्षेत्र नम्बर २ को अध्यक्षमा जयराम साह निर्वाचित भएका छन्।

त्यसैगरी, प्रदेशतर्फ क्षेत्र नम्बर १ (क) को अध्यक्षमा राजेश पटेल तथा क्षेत्र नम्बर १ (ख) को अध्यक्षमा मनोज मिश्र निर्वाचित भएका छन्। वीरगञ्ज महानगर समितिको अध्यक्षमा रामेश्वर यादव निर्वाचित भएका छन्।

नवनिर्वाचित पदाधिकारीहरूलाई पार्टीका नेता तथा कार्यकर्ताहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। उनीहरूले संगठन विस्तार, जनताको हकहितको संरक्षण तथा राप्रपाका नीति र कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

अधिवेशनमा पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेता, कार्यकर्ता र शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सौहार्दपूर्ण वातावरणमा सम्पन्न अधिवेशनले पर्सामा राप्रपाको संगठनलाई थप मजबुत र सक्रिय बनाउने विश्वास व्यक्त गरिएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...