2 September ,2026,Wednesday

विपद्को समयमा मारवाडी सेवा ट्रस्टको सहयोग, उद्धार कोषमा १ लाख ११ हजार

अभिलाष गुप्ता
वीरगंज, १७ भदौ । प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले मारवाडी सेवा ट्रस्ट, वीरगञ्जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ।

ट्रस्टका अध्यक्ष बाबुलाल चाचानले ट्रस्टको तर्फबाट १ लाख ११ हजार रुपैयाँको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गर्नुभएको हो।

ट्रस्टका महासचिव नरेन्द्र साहका अनुसार उक्त सहयोग रकम आज कोषको खातामा जम्मा गरिएको हो। प्राकृतिक विपद्का कारण विभिन्न क्षेत्रमा समस्यामा परेका नागरिकलाई राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले ट्रस्टले उक्त रकम प्रदान गरेको उहाँले बताउनुभयो।

विपद्का बेला प्रभावित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न राहत, उद्धार तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरूबाट सहयोग जुटिरहेको अवस्थामा मारवाडी सेवा ट्रस्टले पनि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको हो।

महासचिव साहले विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको बताउँदै आगामी दिनमा पनि आवश्यकता अनुसार मानवीय तथा सामाजिक कार्यमा ट्रस्टको सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...