4 September ,2026,Friday

जन्माष्टमीको पावन दिनमा बाढीपीडितको सकुशल उद्धार, डा. पुरुषोत्तम दुबेद्वारा विश्व कल्याणका लागि भावुक प्रार्थना

अभिलाष गुप्ता
वीरगंज, १९ भदौ । मुलुकका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोले जनजीवन प्रभावित भइरहेका बेला श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा बाढीको जोखिममा परेका नागरिकहरूको सकुशल उद्धार गरिएको छ। विपद्को कठिन परिस्थितिमा भएको उद्धारले पीडित परिवारमा राहत र आशा थपेको छ।

जन्माष्टमीकै दिन बाढीको भेलमा फसेका नागरिकहरूको सकुशल उद्धार भएको घटनालाई पीडित परिवार तथा श्रद्धालुहरूले भगवान् श्रीकृष्णको कृपा र अनुकम्पाका रूपमा स्मरण गरेका छन्। उद्धारमा खटिएका सुरक्षाकर्मी, स्थानीयवासी तथा स्वयंसेवकहरूको मानवीय प्रयासप्रति समेत आभार व्यक्त गरिएको छ।

यसैबीच, जन्माष्टमीको अवसरमा डा. पुरुषोत्तम दुबेले प्राकृतिक विपत्तिमा परेका नागरिकहरूको शीघ्र तथा सकुशल उद्धारका लागि भगवान् श्रीकृष्णसँग भावुक प्रार्थना गर्नुभएको छ। उहाँले विपद्को समयमा उद्धार तथा राहत कार्यमा जुटेका सबैप्रति सम्मान र आभार व्यक्त गर्दै अझै जोखिममा रहेका नागरिकहरूको सुरक्षा र उद्धारका लागि प्रार्थना गर्नुभएको हो।

प्राकृतिक विपत्तिका कारण सिर्जित पीडादायी अवस्थाप्रति संवेदना व्यक्त गर्दै डा. दुबेले सम्पूर्ण मानव जाति तथा विश्वलाई बाढी, पहिरो लगायतका प्राकृतिक विपत्तिबाट सुरक्षित राख्न भगवान् श्रीकृष्णसँग प्रार्थना गर्नुभएको छ।

उहाँले भावुक हुँदै भन्नुभयो, “हे प्रभु! आज तपाईंको जन्मोत्सवको पावन दिन हो। एकातिर खुसीको किरण छ भने अर्कोतिर प्राकृतिक विपत्तिले आमाहरूको काख र परिवारको ओठको मुस्कान छिनिरहेको छ। आजको यस पवित्र दिनमा तपाईंको असीम कृपाको छत्रछाया समस्त जगतमाथि परोस्। सम्पूर्ण मानव जातिलाई प्राकृतिक प्रकोपको विनाशबाट रक्षा गर्नुहोस् र यो धर्तीलाई शान्ति, सुरक्षा र जीवनको नयाँ उज्यालो प्रदान गर्नुहोस्।”

विपद्को कठिन घडीमा भएको सकुशल उद्धारले प्रभावित परिवार तथा समुदायमा आशाको सञ्चार गरेको छ। डा. दुबेको प्रार्थनाले जन्माष्टमीको अवसरमा धार्मिक आस्था, मानवीय संवेदना र विपद्मा परेकाप्रति सहयोग तथा सद्भावको सन्देश दिएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...