वीरगंज, ०७ असोज । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगंज शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ४ जना महिलासहित ७५ जनाले रक्तदान गरेका छन्।
रक्तदान गर्नेहरूमा रिता साह, बुद्धि राज बराल, शालु सिंह, ऋषि राम भट्टराई, रणजीत आर्याल, दिलीप कुमार शाह, राजु कलवार, मनमोहन शर्मा, नितेश कुमार, विपिन आचार्य, अजय श्रेष्ठ, सन्दीप सर्राफ, दीपक सहानी, राहुल यादव, अंकित उप्रेती, रामबाबु प्रसाद कुर्मी, चन्दन कुमार पण्डितलगायत रहेका थिए।
रक्तदान कार्यक्रममा प्राइम कमर्सियल बैंक वीरगंज शाखालाई तेरापन्थ युवक परिषद् वीरगंजले सहयोग गरेको थियो। रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका सह–कोषाध्यक्ष अभिलाष गुप्ता, लालबाबु सिंह, समाजसेवी राजेन्द्र भट्टराई,तेरापन्थ युवक परिषद् वीरगञ्जका अध्यक्ष सुनिल दुगड लगायत बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डेको टोलीले प्राविधिक सहयोग गरेको थियो। टोलीले रक्त सङ्कलन तथा आवश्यक स्वास्थ्यसम्बन्धी व्यवस्थापनमा सहयोग गरेको जनाएको छ।
कार्यक्रममा बैंकका प्रादेशिक प्रदेश प्रमुख बुद्धिराज बराल र वीरगंज शाखा प्रमुख ऋषि राम भट्टराईको विशेष उपस्थिति रहेको थियो।
वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रमले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त अभावका कारण समस्या भोगिरहेका बिरामीलाई सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।



