24 September ,2026,Thursday

राष्ट्रिय परिचयपत्रमा रकम असुलीको समाचार सार्वजनिक भएपछि हटाउन दबाब, कारबाही भइरहेको प्रशासनको भनाइ

शैलेश साह

पोखरिया, ०७ असाेज । पर्साको पोखरिया नगरपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलनका क्रममा सेवाग्राहीसँग रकम असुहली गरिएको विषय सार्वजनिक भएपछि घटनामा संलग्न भनिएका व्यक्तिहरूले आफूहरूले रकम लिएको स्वीकार गरेको बताइएको छ।

रकम असुलीसम्बन्धी समाचार सार्वजनिक भएपछि उक्त समाचार हटाइदिन तथा समाचारको खण्डन गराउन विभिन्न नेता तथा राजनीतिक कार्यकर्ता मार्फत सिफारिस गराउने प्रयास भइरहेको स्रोतले जनाएको छ। यसका लागि सम्बन्धित व्यक्तिहरूले फोन तथा प्रत्यक्ष भेटघाटमार्फत विभिन्न राजनीतिक व्यक्तिसँग कुराकानी गरिरहेको बताइएको छ।

यसअघि राष्ट्रिय परिचयपत्रको विवरण संकलनका क्रममा सेवाग्राहीसँग रकम लिइएको आरोप सार्वजनिक भएको थियो। आरोप सार्वजनिक भएपछि विवरण संकलनमा संलग्न व्यक्तिहरूले आफूहरूले रकम लिएको स्वीकार गरेको स्रोतको दाबी छ।

यस विषयमा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णा चापागाईसँग कुरा गर्दा उहाँले घटनाबारे कारबाही प्रक्रिया अघि बढिरहेको बताउनुभयो।

नागरिकको प्रत्यक्ष सरोकारसँग जोडिएको राष्ट्रिय परिचयपत्रको विवरण संकलनजस्तो संवेदनशील सेवामा अनियमितता तथा सेवाग्राहीसँग रकम असुली गरिनु निन्दनीय भएको स्थानीयले बताएका छन्। सेवाग्राहीलाई सहज र निःशुल्क रूपमा सेवा उपलब्ध गराउनुपर्नेमा रकम असुलीको आरोप सार्वजनिक हुनु गम्भीर विषय भएको उनीहरूको भनाइ छ।

स्थानीयले घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिएका व्यक्तिमाथि कानुनअनुसार कारबाही गर्न तथा राष्ट्रिय परिचयपत्रको विवरण संकलन प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...