30 September ,2026,Wednesday

वीरगंजस्थित चावो सती मन्दिरमा अतिथि सदन र ब्यांक्वेट सुविधाकाे विस्तार

राजन सिंह

वीरगंज, १४ असाेज । वीरगंजस्थित चावो सती मन्दिरमा श्रद्धालु तथा सर्वसाधारणलाई लक्षित गरी अतिथि सदन र ब्यांक्वेट सुविधाको विस्तार गरिएको छ। विभिन्न धार्मिक, पारिवारिक तथा सामाजिक कार्यक्रमलाई सहज र व्यवस्थित बनाउन मन्दिर परिसरमा आधुनिक सुविधाहरू थप गरिएको हो।

विस्तारित सुविधाअन्तर्गत सुविधासम्पन्न अतिथि कक्ष, वातानुकूलित ब्यांक्वेट हल तथा कोठा, पर्याप्त पार्किङ, क्याटरिङ सेवा र आधुनिक शौचालयको व्यवस्था गरिएको छ। त्यसैगरी, सेवाग्राहीको सहजताका लागि लिफ्ट तथा सुरक्षालाई ध्यानमा राख्दै २४ घण्टा सुरक्षा र सीसीटीभी निगरानीको प्रबन्धसमेत गरिएको छ।

चावो सती मन्दिर परिसरमा अब विवाह, पूजापाठ, जन्मदिन, बैठक, पारिवारिक भेटघाट तथा विभिन्न सामाजिक समारोह आयोजना गर्न सकिने सुविधा उपलब्ध भएको छ। यसले धार्मिक तथा सामाजिक कार्यक्रममा सहभागी हुने श्रद्धालु र सेवाग्राहीलाई एकै स्थानमा आवश्यक सुविधा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...