1 October ,2026,Thursday

महिला नेतृत्व विकासका लागि सहकर्मी सिकाइ सत्र सम्पन्न, ३५ महिला सहभागी

अभिलाष गुप्ता
वीरगंज, १४ असोज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व विकास तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ‘महिला नेतृत्वको लागि अभियान परियोजना’अन्तर्गत सहकर्मी सिकाइ सत्र (Peer Learning Session) सम्पन्न भएको छ।

दलित महिला संघ पर्साको आयोजनामा तथा Woman Fund Asia को सहयोगमा सञ्चालन गरिएको कार्यक्रममा बिन्दवासिनी गाउँपालिका क्षेत्रका ३५ जना महिलाको सहभागिता रहेको थियो। कार्यक्रममा महिलाको नेतृत्व क्षमता विकास, अनुभव आदानप्रदान, सामाजिक सहभागिता तथा समुदायमा महिलाको भूमिकालगायतका विषयमा छलफल गरिएको थियो।

कार्यक्रम बिन्दवासिनी गाउँपालिकाकी उपाध्यक्ष ज्योति देवी चौरसियाको प्रमुख आतिथ्य तथा दलित महिला संघ पर्साकी अध्यक्ष नबिया देवी अबैधको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का तुलसी भण्डारी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाललगायतको विशिष्ट आतिथ्य रहेको थियो। सहभागी महिलाले आफ्ना अनुभव, चुनौती तथा समुदायमा नेतृत्व गर्दा भोग्नुपरेका समस्याबारे समेत विचार आदानप्रदान गरेका थिए।

कार्यक्रमकी संयोजक अञ्जली कुमारी चौहानले सहकर्मी सिकाइमार्फत महिलाहरूबीच अनुभव तथा ज्ञान आदानप्रदान हुनुका साथै नेतृत्व विकासमा सहयोग पुग्ने बताइन्। उनले महिलालाई सामाजिक तथा सार्वजनिक क्षेत्रमा सक्रिय रूपमा सहभागी गराउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखिन्।

कार्यक्रममा दलित महिला संघकी कार्यकारी निर्देशक निला रामको समेत विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी महिलाले महिला नेतृत्वलाई प्रभावकारी बनाउन निरन्तर सिकाइ, आपसी सहकार्य र अनुभव आदानप्रदान आवश्यक रहेको बताएका थिए।

कार्यक्रमले महिलाहरूलाई आफ्ना अनुभव साझा गर्ने, एकअर्काबाट सिक्ने तथा समुदायमा नेतृत्वदायी भूमिका निर्वाह गर्न आवश्यक ज्ञान र सीप विकास गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...