1 October ,2026,Thursday

वीरगंज कलेज अफ होटल म्यानेजमेन्टमा न्युजिल्यान्डका विदेशी नागरिक Mr. Oliver Currat सँग विद्यार्थीको अन्तरक्रिया

अभिलाष गुप्ता
वीरगंज, १४ असोज । वीरगंजस्थित होटल भिस्वाको परिसरमा रहेको वीरगंज कलेज अफ होटल म्यानेजमेन्टमा न्युजिल्यान्डबाट आएका विदेशी नागरिक मिस्टर ओलिभर कुराट (Mr. Oliver Currat) को प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

वीरगंज कलेज अफ होटल म्यानेजमेन्टका डाइरेक्टर गुन्जन पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार, कलेजका शिक्षक–शिक्षिका, व्यवस्थापन टोली तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि ओलिभर कुराटले होटल व्यवस्थापन तथा आतिथ्य सत्कारसँग सम्बन्धित विभिन्न विषयमा विद्यार्थीहरूसँग अन्तरक्रिया गरेका थिए। उनले आफ्ना अनुभव, ज्ञान तथा अन्तर्राष्ट्रिय स्तरमा आतिथ्य क्षेत्रको सम्भावनाबारे विद्यार्थीहरूसँग विचार आदान–प्रदान गरेका थिए।

अन्तरक्रियाका क्रममा विद्यार्थीहरूले होटल व्यवस्थापन, आतिथ्य सत्कार, पर्यटन क्षेत्र, अन्तर्राष्ट्रिय कार्य वातावरण तथा यस क्षेत्रमा उपलब्ध अवसर लगायतका विषयमा जिज्ञासा राखेका थिए। कुराटले विद्यार्थीका जिज्ञासाको जवाफ दिँदै व्यावसायिक दक्षता, व्यवहारिक ज्ञान र अन्तर्राष्ट्रिय अनुभवको महत्वबारे जानकारी गराएका थिए।

कलेजले यस्ता अन्तर्राष्ट्रियस्तरका व्यक्तित्वसँग विद्यार्थीको प्रत्यक्ष संवाद गराउने कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ। यस्ता कार्यक्रमहरूले विद्यार्थीलाई कक्षाकोठाको सैद्धान्तिक ज्ञानसँगै अन्तर्राष्ट्रिय अनुभव, व्यावहारिक ज्ञान तथा नयाँ अवसरबारे बुझ्न महत्वपूर्ण सहयोग पुग्ने कलेजको विश्वास छ।

कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो अध्ययनसँगै विश्वस्तरमा होटल व्यवस्थापन तथा आतिथ्य क्षेत्रको सम्भावना बुझ्न र भविष्यको करियरका लागि आवश्यक ज्ञान तथा दृष्टिकोण विकास गर्न सहयोग पुगेको सहभागीहरूले बताएका छन्।

कार्यक्रममा पत्रकारका रूपमा सहभागी भएका सञ्चारकर्मी अभिलाष गुप्तालाई समेत कलेज व्यवस्थापन टोलीले ‘टोकन अफ लभ’ प्रदान गरी सम्मान गरेको थियो। सम्मानका लागि गुप्ताले बिरगञ्ज कलेज अफ होटल म्यानेजमेन्टको सम्पूर्ण व्यवस्थापन टोलीप्रति आभार व्यक्त गरेका छन्।

कलेजका डाइरेक्टर गुन्जन पटेलले विद्यार्थीलाई अध्ययनसँगै व्यवहारिक तथा अन्तर्राष्ट्रिय अनुभव प्रदान गर्ने उद्देश्यले यस्ता अन्तरक्रियात्मक कार्यक्रमलाई निरन्तरता दिइने बताए।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...