2 October ,2026,Friday

हिन्दू पत्रकार सङ्घ नेपालको बैठक वीरगंजमा सम्पन्न, संस्था शुद्धीकरण र कार्यालय स्थापना गर्ने निर्णय

वीरगंज, १६ असाेज । हिन्दू पत्रकार सङ्घ नेपालको बैठक शुक्रबार वीरगंजस्थित ऐतिहासिक माईस्थान मन्दिर परिसरमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष राजन रौनियारको अध्यक्षतामा बसेको बैठकले सङ्गठनलाई शुद्धीकरण गर्ने, कार्यालय स्थापना गर्ने तथा संस्थाका गतिविधिलाई थप प्रभावकारी र गतिशील बनाउने निर्णय गरेको छ।

बैठकले संस्थामा लामो समयदेखि निष्क्रिय रहेका तीन जना सदस्यलाई हटाउने निर्णय गरेको छ। यसैगरी, वर्तमान कोषाध्यक्ष आनन्द पटेल क्रियाशील पत्रकार सङ्घको अध्यक्ष पदमा चयन भएकाले उनले हिन्दू पत्रकार सङ्घ नेपालको कोषाध्यक्ष पदबाट स्वेच्छिक रूपमा राजीनामा दिएका छन्।उनको राजीनामा पछि कन्हैया पटेललाई संस्थाको नयाँ कोषाध्यक्षको जिम्मेवारी दिइएको छ। बैठकमा उपाध्यक्षद्वय विनोद पटेल र बिमला गुप्ता, सचिव राजकुमार सराफ, नवनियुक्त कोषाध्यक्ष कन्हैया पटेल तथा सदस्यहरू रश्मि राजभण्डारी, अनिल ओझा, सन्तोष कुशवाहा, राजु बैठा र आनन्द पटेललगायत पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

बैठकबाट भएका निर्णयले संस्थालाई थप व्यवस्थित, सक्रिय र गतिशील बनाउँदै आगामी दिनमा सङ्गठनलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...