8 October ,2026,Thursday

पीएचडी उपाधि हासिल गरेका डा. राजु बैठालाई वीरगंज महानगरको सम्मान

वीरगंज, २२ असाेज । वीरगंज महानगरपालिका–२३ निवासी डा. राजु बैठाले भारतको पञ्जाबस्थित आरआईएमटी विश्वविद्यालयबाट राजनीति शास्त्रमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेपछि वीरगंज महानगरपालिकाले उनलाई सम्मान गरेको छ।

राजनीति शास्त्रअन्तर्गत ‘Performance Evaluation of Birgunj Metropolitan Municipality: A Study of Selected Services’ विषयमा अनुसन्धान गरी पीएचडी उपाधि हासिल गरेका डा. बैठालाई वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले खादा लगाएर सम्मान गरेका हुन्।सम्मान कार्यक्रममा डा. बैठाले आफ्नो अनुसन्धानमा आधारित पुस्तकसमेत नगरप्रमुख सिंहलाई हस्तान्तरण गरेका थिए। डा. बैठाले हासिल गरेको शैक्षिक उपलब्धिले वीरगंजको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप उज्ज्वल बनाएको भन्दै नगरप्रमुख सिंहले खुसी व्यक्त गरे। उनले डा. बैठाको उपलब्धि वीरगंजका लागि गौरवको विषय भएको उल्लेख गर्दै आगामी दिनमा पनि शैक्षिक तथा अनुसन्धान क्षेत्रमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

 

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...