15 October ,2026,Thursday

पर्सा जिल्लाको मधुवनीमा नाला निर्माणका क्रममा सडक अवरुद्ध, निर्माण सामग्री हटाई सम्बन्धितलाई कारबाही गर्न माग

अभिलाष गुप्ता

वीरगंज, २८ असाेज । पर्साको पकाहामैनपुर गाउँपालिका–२ मधुवनीमा पूर्वाधार विकास कार्यालयको बजेटबाट निर्माण भइरहेको नाला निर्माणका क्रममा सडक अवरुद्ध भएपछि स्थानीयवासीलाई आवतजावतमा कठिनाइ भएको छ। सडकमा थुपारिएका माटो, ग्रेभल, गिट्टी, बालुवा तथा निर्माणमा प्रयोग भइरहेको मेसिन हटाई सर्वसाधारणको आवागमन सहज बनाउन स्थानीयवासीले माग गरेका छन्।

नाला निर्माणका क्रममा सडकमा निर्माण सामग्री थुपारिएको र मेसिनसमेत राखिएका कारण सर्वसाधारणलाई आवतजावत गर्न समस्या भएको स्थानीयको गुनासो छ। सडक अवरुद्ध हुँदा दैनिक आवतजावत गर्ने स्थानीय बासिन्दा तथा अन्य सर्वसाधारण प्रभावित भएको उनीहरूको भनाइ छ।स्थानीय चन्द्रिका प्रसाद पटेलका अनुसार सडकमा थुपारिएका निर्माण सामग्री तथा मेसिन हटाएर आवागमन सहज बनाउन र निर्माण कार्यमा लापरबाही भएको भए सम्बन्धित पक्षलाई कारबाही गर्न माग गरिएको छ।

यस विषयमा स्थानीय चन्द्रिका प्रसाद पटेललगायत स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदनसमेत दिएका छन्। निवेदनमार्फत सडकमा थुपारिएका माटो, ग्रेभल, गिट्टी, बालुवा तथा मेसिन हटाई सर्वसाधारणको आवागमन सहज बनाउन र सम्बन्धित पक्षको कामकारबाहीबारे आवश्यक छानबिन गरी कारबाही गर्न माग गरिएको पटेलले जानकारी दिए।स्थानीयवासीले विकास निर्माणका काम जनताको सुविधाका लागि गरिने भए पनि निर्माणका क्रममा सर्वसाधारणले अनावश्यक सास्ती भोग्नुपर्ने अवस्था आउन नहुने बताएका छन्। नाला निर्माण गर्दा सडकमा अवरोध नहुने गरी निर्माण सामग्रीको व्यवस्थापन गर्नुपर्ने र कामलाई व्यवस्थित ढङ्गले अगाडि बढाउनुपर्ने उनीहरूको माग छ।

स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय पर्सासँग निवेदनमाथि आवश्यक पहल गरी सडकमा देखिएको समस्या समाधान गर्न आग्रह गरेका छन्। साथै, निर्माण कार्यलाई व्यवस्थित, सुरक्षित र सर्वसाधारणमैत्री बनाउन सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...