वीरगंज, २९ असाेज । जेठा दाई जैनुदिनको परिवार अनुपस्थित वीरगंज स्थित नेशनल मेडिकल कलेजसँग सम्बन्धित आन्दोलनमा सक्रिय अगुवा सद्दाम अन्सारी विद्यार्थी एमडी बसरुद्दिनका छोराको बहुभोजमा सहभागी भएका छन् ।
वीरगंजको भिस्वा होटेलमा बसरुद्दिन अंसारी छोराको बहुभोजमा रमाइरहेको देखिए पनि उनका जेठा दाइ जैनुद्दिन अन्सारी तथा उनको परिवारका सदस्यहरू समारोहमा उपस्थित नभएको जनाएको छ । यसले बसरुद्दिन र उनका जेठा दाइबीचको सम्बन्धबारे विभिन्न प्रश्न उठाएको छ ।
नेशनल मेडिकल कलेजसँग सम्बन्धित आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका बसरुद्दिनको पारिवारिक विषय सार्वजनिक चर्चामा आएपछि उनको व्यक्तिगत सम्बन्ध र सार्वजनिक भूमिकालाई जोडेर प्रश्न उठेको छ । तर, पारिवारिक समारोहमा कुनै सदस्य उपस्थित नहुनुलाई मात्रै विवादको प्रमाण मान्न सकिँदैन् ।
प्राप्त जानकारी अनुसार, दुवै दाजुभाइबीच पारिवारिक तथा आर्थिक विषयलाई लिएर विवाद रहेको छ । छोराको विवाहजस्तो पारिवारिक समारोहमा समेत जेठा दाइको परिवार उपस्थित नदेखिएपछि उनीहरूबीचको सम्बन्धमा आएको दूरीबारे चासो व्यक्त गरिएको छ ।

