अभिलाष गुप्ता
वीरगंंज, ०५ कार्तिक । प्रकाश डान्स एण्ड फिटनेस स्टुडियोको आयोजनामा सम्पन्न डान्डिया उत्सव सिजन–५ मा विवेक सर्राफले ‘डान्डिया किङ’ र नेहा अग्रवालले ‘डान्डिया क्विन’ को उपाधि जितेका छन्।
उत्सवमा सहभागी प्रतियोगीहरूले आफ्नो नृत्यकला, प्रतिभा र आकर्षक प्रस्तुतिमार्फत दर्शकहरूको मन जितेका थिए। कार्यक्रममा डान्डिया नृत्यसँगै कला, संगीत र सांस्कृतिक प्रस्तुतिले उत्सवलाई थप आकर्षक बनाएको थियो।
प्रकाश डान्स एण्ड फिटनेस स्टुडियोले आयोजना गर्दै आएको यस उत्सवले वीरगञ्जमा सांस्कृतिक परम्पराको प्रवर्द्धन, मनोरञ्जन, सामाजिक सद्भाव तथा सांस्कृतिक एकता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। साथै, यसले स्थानीय प्रतिभाहरूलाई आफ्नो कला र क्षमता प्रदर्शन गर्ने अवसरसमेत प्रदान गर्दै आएको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागी, दर्शक, प्रायोजक, सहयोगी तथा शुभचिन्तकहरूप्रति आयोजकले आभार व्यक्त गरेका छन्। आगामी दिनमा पनि सबैको माया, साथ र सहयोगबाट डान्डिया उत्सवलाई अझ भव्य र सफल बनाउँदै लैजाने विश्वास आयोजकले व्यक्त गरेका छन्।

