25 October ,2026,Sunday

वीरगंज–१५ भेडियाहीमा कटेँगन् माई मन्दिरमा चोरी र तोडफोड, स्थानीयवासी आक्रोशित

वीरगंज, ०८ कार्तिक । वीरगंज महानगरपालिका–१५ स्थित भेडियाही टोलको श्री कटेँगन् माई मन्दिरमा चोरी तथा तोडफोड भएको घटनाले स्थानीयवासी दुःखी र आक्रोशित भएका छन्।

प्राप्त जानकारीअनुसार, मन्दिरको पूजा स्थलमा राखिएको पित्तलको मूर्ति चोरी भएको छ भने मन्दिरमा तोडफोडसमेत गरिएको छ। धार्मिक आस्थासँग जोडिएको मन्दिरमा भएको यस घटनाले स्थानीय समुदायको धार्मिक भावना र आस्थामा चोट पुर्‍याएको छ।स्थानीयवासीले घटनाको निष्पक्ष छानबिन गरी चोरी तथा तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचान गर्न र दोषीलाई कानुनअनुसार कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र धार्मिक स्थलको सुरक्षा गर्नु सबैको साझा जिम्मेवारी भएकाले यस्ता घटनाको पुनरावृत्ति रोक्न आवश्यक सुरक्षा व्यवस्था मिलाउनसमेत स्थानीयवासीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
मन्दिरमा भएको चोरी तथा तोडफोडको घटनाबारे सम्बन्धित प्रहरी निकायको आधिकारिक धारणा भने प्राप्त हुन बाँकी छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...