29 October ,2026,Thursday

राष्ट्रिय बजरंग दल पर्साको जिल्ला अध्यक्षमा रुपल जैसवार नियुक्त

अभिलाष गुप्ता
वीरगंंज, १२ कार्तिक । राष्ट्रिय बजरंग दलको पर्सा जिल्ला अध्यक्ष पदमा रुपल जैसवार नियुक्त भएका छन्। संगठनको निर्णयअनुसार जैसवारलाई जिल्ला अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो। उनको नियुक्तिप्रति राष्ट्रिय बजरंग दल, मधेश प्रदेशका पदाधिकारीहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

राष्ट्रिय बजरंग दल, मधेश प्रदेशका प्रदेश महामन्त्री श्याम रौनियार र सहमहामन्त्री शंकर यादवले संयुक्त रूपमा शुभकामना व्यक्त गर्दै जैसवारको संगठनप्रतिको योगदान, सक्रियता, नेतृत्व क्षमता र समर्पणको उच्च कदर गरेका छन्।

नवनियुक्त जिल्ला अध्यक्ष जैसवारले आगामी दिनमा संगठनको नीति, विधान, अनुशासन र मर्यादालाई आत्मसात् गर्दै आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वास उनीहरूले व्यक्त गरेका छन्। साथै, हिन्दुत्वको संरक्षण, सनातन धर्मको संवर्द्धन तथा संगठनको विस्तारका लागि जैसवारले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रदेश महामन्त्री रौनियार तथा सहमहामन्त्री यादवले नयाँ जिम्मेवारीले जैसवारको कार्यक्षमता, नेतृत्वदक्षता र सामाजिक सेवाप्रतिको समर्पणलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

उनीहरूले संगठनको एकता, प्रतिष्ठा र उद्देश्य प्राप्तिका लागि जैसवारको आगामी कार्यकाल सफल, उपलब्धिमूलक तथा प्रेरणादायी रहोस् भन्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।

रुपल जैसवारको नियुक्तिलाई पर्सा जिल्लामा संगठनको गतिविधि विस्तार गर्ने, कार्यकर्ताबीच एकता र समन्वय सुदृढ बनाउने तथा संगठनको उद्देश्यलाई प्रभावकारी रूपमा अघि बढाउने अवसरका रूपमा हेरिएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...