31 October ,2026,Saturday

वीरगंजमा शनिबार निःशुल्क आँखा शिविर आयोजना हुँदै, किरण आँखा अस्पतालको सहयोग

वीरगंज, १३ कार्तिक । आँखाको स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने तथा सर्वसाधारणलाई सहज रूपमा आँखा परीक्षण सेवा उपलब्ध गराउने उद्देश्यले वीरगञ्जमा निःशुल्क आँखा शिविर आयोजना हुने भएको छ।

‘स्वस्थ आँखा, उज्ज्वल भविष्य’ भन्ने नाराका साथ इन्क्रेडिबल वीरगंजकाे आयोजनामा तथा किरण आँखा अस्पताल वीरगंजकाे सहयोगमा शनिबार निःशुल्क आँखा शिविर सञ्चालन हुन लागेको हो।

आयोजकका अनुसार शिविर २०८३ साल कात्तिक १४ गते शनिबार बिहान ८ बजेदेखि वीरगंजस्थित नगवा पोखरीको बौद्धिमाई मन्दिर परिसरमा सञ्चालन हुनेछ।

आँखा मानव जीवनको अमूल्य सम्पत्ति भएकाले यसको नियमित हेरचाह, समयमै परीक्षण तथा आवश्यक उपचारबारे सर्वसाधारणलाई सचेत बनाउने उद्देश्यले शिविर आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

यस अभियान मार्फत स्थानीय बासिन्दालाई आँखाको स्वास्थ्यप्रति जागरूक बनाउँदै आँखासम्बन्धी समस्या समयमै पहिचान गर्न र आवश्यक चिकित्सकीय परामर्श लिन प्रेरित गरिने लक्ष्य राखिएको छ।

विशेषगरी समुदायका नागरिकलाई सहज र निःशुल्क रूपमा आँखा परीक्षणको अवसर उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको हो। आँखा सम्बन्धी समस्या भए पनि विभिन्न कारणले अस्पतालसम्म पुग्न नसकेका स्थानीय बासिन्दाका लागि शिविर उपयोगी हुने अपेक्षा गरिएको छ।

आयोजक इन्क्रेडिबल वीरगंजले स्थानीय बासिन्दा, अभिभावक, ज्येष्ठ नागरिक, युवा तथा सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई शिविरमा उपस्थित भई निःशुल्क आँखा परीक्षण सेवाको लाभ लिन हार्दिक अनुरोध गरेको छ।

‘हाम्रो सानो पहल, सबैको आँखामा उज्यालो’ भन्ने सन्देशसहित सञ्चालन हुन लागेको यस अभियानले समुदायमा आँखा स्वास्थ्य सम्बन्धी चेतना विस्तार गर्नुका साथै स्वस्थ जीवनशैली प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...