11 November ,2026,Wednesday

पर्सा जिल्ला खेलकुद विकास समितिमा इतिहासमै पहिलोपटक भव्य देउसी–भैलो कार्यक्रम

वीरगंज, २४ कार्तिक । पर्सा जिल्ला खेलकुद विकास समितिको प्राङ्गणमा इतिहासमै पहिलोपटक देउसी–भैलो कार्यक्रम भव्य तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।

समितिका अध्यक्ष दीपक कुमार शाह कानुको रोहबरमा आयोजित कार्यक्रममा खेलकुद क्षेत्रसँग आबद्ध विभिन्न व्यक्तित्व, प्रशिक्षक तथा खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा मधेश प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव शिवजी गुप्ता, पूर्व प्रदेशमन्त्री ओमप्रकाश शर्मा, प्रशिक्षक प्रमुख नाजिर हुसेन अन्सारी, विक्रान्त डंगोललगायत विभिन्न खेलका वरिष्ठ प्रशिक्षक तथा खेलाडी भाइबहिनीहरूको उपस्थिति रहेको थियो।उक्त विशेष अवसरमा Sunrise Dance ‘N’ Taekwondo Academyको देउसी–भैलो टोलीले आकर्षक सांस्कृतिक प्रस्तुति दिँदै खेलकुद विकास समितिको प्राङ्गणमा खुसी, उमङ्ग र मनोरञ्जनको वातावरण सिर्जना गरेको थियो।

एकेडेमीका प्रमुख राजेन्द्र शाहीको नेतृत्वमा प्रस्तुत देउसी–भैलो कार्यक्रमले उपस्थित सम्पूर्ण खेलकर्मीलाई एकै ठाउँमा रमाइलो गर्ने, खुसी साटासाट गर्ने तथा नेपाली समाजको मौलिक तिहार संस्कृतिको आनन्द लिने अवसर प्रदान गरेको सहभागीहरूले बताएका छन्।

कार्यक्रममा सहभागीहरूले यस्ता सांस्कृतिक कार्यक्रमले खेलकुद क्षेत्रमा आबद्ध व्यक्तिहरूबीच आपसी सद्भाव, एकता र भाइचाराको सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका थिए।आयोजक पक्षले कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि, प्रशिक्षक, खेलाडी तथा सम्पूर्ण सहयोगीहरूप्रति धन्यवाद व्यक्त गर्दै नेपाली मौलिक संस्कृति संरक्षण र आपसी एकतालाई निरन्तरता दिनुपर्नेमा जोड दिएको थियो ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...