13 November ,2026,Friday

घडीअर्वा छठघाटमा आयोजित रक्तदान कार्यक्रममा ४७ जनाले गरे रक्तदान

वीरगंज, २७ कार्तिक । छठ पर्वको पावन अवसरमा वीरगंज महानगरपालिका–१० स्थित घडीअर्वा पोखरी छठघाट परिसरमा शुक्रबार आयोजित रक्तदान कार्यक्रममा ४७ जनाले रक्तदान गरेका छन्। रक्तदान गर्नेमा चार जना महिला रहेका छन्।

घडीअर्वा छठ पूजा व्यवस्थापन समितिको समन्वयमा घडीअर्वा स्पोर्ट्स क्लबले आयोजना गरेको उक्त कार्यक्रममा महिला तथा पुरुष गरी ४७ जनाले उत्साहपूर्वक रक्तदान गरेका हुन्।रक्तदान कार्यक्रममा क्लबका अध्यक्ष सन्तोष साह कानु, घडीअर्वा छठ पूजा व्यवस्थापन समितिका पूर्वसचिव लखनलाल गुप्ता, सुजिता आचार्य, आयुष्मा आचार्य, खुशी श्रेष्ठ, वीरेन्द्र कुमार, विकास गुप्ता, अमृत गुप्ता, उमाशंकर साह, छोटु रौनियार, ओमप्रकाश गुप्ता, जितेन्द्र सिंह, निखिल वर्णवाल, सन्नी गुप्तालगायतले रक्तदान गरेका थिए। रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले उक्त जानकारी दिएका हुन्।

आयोजक क्लबका अध्यक्ष सन्तोष साह कानुले छठ पर्वको अवसरमा क्लबले विगत २४ वर्षदेखि निरन्तर रक्तदान कार्यक्रम आयोजना गर्दै आएको बताए। आगामी वर्षहरूमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै उनले धार्मिक तथा सांस्कृतिक पर्वलाई सामाजिक सेवासँग जोड्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गर्दै आएको बताए।

क्लबका अध्यक्ष सन्तोष साह कानुको अध्यक्षता तथा पर्सा क्षेत्र नम्बर–२ का सांसद सुशील साह कानुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा घडीअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश साह कानु, क्लबका उपाध्यक्ष मनोहर साहलगायतको उपस्थिति रहेको थियो।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...