12 November ,2026,Thursday

रुङ्टा वेलफेयर सोसाइटीद्वारा मनियारीका ३०० छठ व्रतालु महिलालाई साडी र आटा वितरण

वीरगंज, २६ कार्तिक । छठ पर्वको अवसर पारेर रुङ्टा वेलफेयर सोसाइटी वीरगंजले पर्सा जिल्लाको मनियारीमा छठ पर्व मनाउने ३०० जना व्रतालु महिलालाई साडी तथा आटा वितरण गरेको छ।

छठ पर्वलाई लक्षित गर्दै सोसाइटीले सामाजिक उत्तरदायित्वअन्तर्गत व्रतालु महिलाहरूलाई पर्व मनाउन आवश्यक सामग्री सहयोगस्वरूप वितरण गरेको हो। कार्यक्रममा प्रत्येक महिलालाई २ किलो आटा र एक थान साडी प्रदान गरिएको रुङ्टा वेलफेयर सोसाइटी वीरगंजका अध्यक्ष सुरेश रुङ्टाले जानकारी दिएका छन्।

कार्यक्रममा पूर्वमन्त्री प्रदीप यादवको समेत उपस्थिति रहेको थियो। सो अवसरमा छठ पर्वको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्वबारे चर्चा गर्दै पर्वको अवसरमा गरिने यस्ता सहयोगले समाजमा आपसी सद्भाव, सहयोग र एकताको भावना बलियो बनाउने विश्वास व्यक्त गरिएको थियो।छठ पर्व तराई–मधेशसहित देशका विभिन्न क्षेत्रमा श्रद्धा, आस्था र निष्ठाका साथ मनाइने महत्वपूर्ण पर्व हो। यस पर्वमा व्रतालु महिलाहरूले सूर्यदेव र छठी माताको पूजा–आराधना गर्दै परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गर्ने परम्परा रहिआएको छ।

पर्वको अवसरमा गरिएको उक्त सहयोगले आर्थिक तथा अन्य कारणले आवश्यक सामग्री जुटाउन कठिनाइ हुने महिलाहरूलाई केही राहत पुग्नुका साथै छठ पर्व हर्षोल्लासका साथ मनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

रुङ्टा वेलफेयर सोसाइटीले विभिन्न सामाजिक तथा सेवामूलक गतिविधिमार्फत समुदायमा सहयोग र मानवीय सेवाको भावना प्रवर्द्धन गर्दै आएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...