12 November ,2026,Thursday

अक्षरारम्भ कप २०८३ को सेमिफाइनल समीकरण पूरा, ज्ञानोदय र ओम नेशनल अन्तिम चारमा

वीरगंज, २६ कार्तिक । अक्षरारम्भ कप २०८३ अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आठौँ दिन सम्पन्न क्वार्टरफाइनल चरणका अन्तिम दुई खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। बिहीबार सम्पन्न क्वार्टरफाइनलका खेलमा ज्ञानोदय माध्यमिक विद्यालय र ओम नेशनल एकेडेमीले जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका छन्।

दिनको पहिलो क्वार्टरफाइनल अर्थात् प्रतियोगिताको १९ औँ खेलमा ज्ञानोदय माध्यमिक विद्यालयले सूर्योदय विद्यालयलाई रोमाञ्चक प्रतिस्पर्धामा ५ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। टस जितेर सूर्योदयले पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको ज्ञानोदयले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०४ रन बनाएको थियो।१०५ रनको लक्ष्य पछ्याएको सूर्योदय विद्यालयले १९.५ ओभरमा सबै विकेट गुमाउँदै ९९ रनमा समेटियो। अन्तिमसम्म रोमाञ्चक बनेको खेलमा ज्ञानोदयले ५ रनको झिनो अन्तरले जित आफ्नो पक्षमा पार्न सफल भयो। ज्ञानोदयका अदनान हुसेनले ब्याटिङतर्फ २६ रन बनाउनुका साथै बलिङमा २ महत्वपूर्ण विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। उनलाई प्लेयर अफ द म्याच घोषित गरियो।

यसैगरी, दिनको अन्तिम तथा प्रतियोगिताको २०औँ क्वार्टरफाइनल खेलमा ओम नेशनल एकेडेमीले मनकामना माध्यमिक विद्यालयलाई ३२ रनले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको ओम नेशनल एकेडेमीले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १११ रनको योगफल तयार पारेको थियो। जवाफी ब्याटिङमा उत्रिएको मनकामना माध्यमिक विद्यालयले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ७९ रन मात्र बनाउन सक्यो। फलस्वरूप ओम नेशनल एकेडेमीले ३२ रनको फराकिलो अन्तरले जित हासिल गर्न सफल भयो। ओम नेशनलका शाहिद आलमले ६२ रनको उत्कृष्ट इनिङ्स खेल्दै टोलीको जितमा महत्वपूर्ण योगदान पुर्‍याए। उनको उत्कृष्ट प्रदर्शनका आधारमा उनलाई प्लेयर अफ द म्याच घोषित गरियो।क्वार्टरफाइनल चरणका सबै खेल सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरणसमेत पूरा भएको छ। अब उपाधिका लागि चार टोलीबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको तालिकाअनुसार भोलि पहिलो सेमिफाइनल खेल विद्या सदन सेकेन्डरी स्कुल र जीएचपी सेकेन्डरी स्कुलबीच हुनेछ भने दोस्रो सेमिफाइनलमा ज्ञानोदय सेकेन्डरी स्कुल र ओम नेशनल एकेडेमी आमनेसामने हुनेछन्।

विद्यालयस्तरबाटै क्रिकेट प्रतिभाको पहिचान, विकास र प्रवर्द्धन गर्दै भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतिभाशाली क्रिकेट खेलाडी उत्पादन गर्ने दीर्घकालीन उद्देश्यका साथ अक्षरारम्भ कप २०८३ आयोजना गरिएको हो। खेलकुदलाई विद्यालय शिक्षाको अभिन्न अंगका रूपमा विकास गर्दै विद्यार्थीहरूलाई सानै उमेरदेखि क्रिकेटप्रति आकर्षित गर्ने, उनीहरूको प्रतिभालाई उचित मञ्च प्रदान गर्ने र राष्ट्रिय क्रिकेटका लागि दक्ष खेलाडी तयार पार्ने प्रतियोगिताको मुख्य लक्ष्य रहेको आयोजकले जनाएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...