वीरगंज, ०८ असोज । नेपाल युवा उद्यमी मञ्च (NYEF) वीरगंज च्याप्टरले पर्सा जिल्ला अदालत परिसरमा निर्माण गरेको “NYEF प्रतीक्षालय” को बिहीबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ।
प्रतीक्षालयको उद्घाटन माननीय न्यायाधीश श्री गायत्रीप्रसाद रेग्मीले गर्नुभएको हो। कार्यक्रममा माननीय न्यायाधीश श्री तीर्थराज के.सी., श्रेस्तेदार श्री प्रभाकर कुमार मल्लिक, NYEF वीरगंज च्याप्टरका अध्यक्ष चन्दन सिंह लगायत NYEF का सदस्यहरूको उपस्थिति रहेको थियो।
अदालतमा सेवा लिन आउने सेवाग्राही तथा सर्वसाधारणलाई सहज र आरामदायी वातावरण उपलब्ध गराउने उद्देश्यले NYEF वीरगञ्ज च्याप्टरले उक्त प्रतीक्षालय स्थापना गरेको हो।
कार्यक्रममा अध्यक्ष चन्दन सिंहले NYEF वीरगंज च्याप्टरले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न रचनात्मक तथा जनहितका कार्यहरू गर्दै आएको बताउँदै पर्सा जिल्ला अदालतको सहयोग र समन्वयप्रति आभार व्यक्त गर्नुभयो।
कार्यक्रममा जिल्ला अदालतका कर्मचारी तथा NYEF वीरगंज च्याप्टरका सदस्यहरूको समेत सहभागिता रहेको थियो। उक्त प्रतीक्षालयले अदालतमा आउने सेवाग्राहीलाई प्रत्यक्ष रूपमा सुविधा पुग्ने विश्वास व्यक्त गरिएको छ।

