29 September ,2026,Tuesday

धोबिनीका जनताले एकपटक मौका दिनुपर्छ : अध्यक्ष पदका उम्मेदवार राजु पटेल

 पर्सा धोबिनी, १२ असोज । धोबिनी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार राजु पटेलले जनताले उम्मेदवारको काम, विचार र जनताप्रतिको प्रतिबद्धताको आत्ममूल्यांकन गरेर निर्णय गर्नुपर्ने बताएका छन्।

पटेलले असल जनप्रतिनिधि जनताको दुःख–सुखमा साथ दिने असल सिपाही बन्नुपर्ने धारणा व्यक्त गरे। उनले आफू जनताको समस्या नजिकबाट बुझेर गाउँपालिकाको विकास र सेवामा समर्पित हुन चाहेको बताए।

उनले भने, “धोबिनी गाउँपालिकाका जनताले एकपटक मौका दिनुपर्छ। उम्मेदवारको विगत, सोच र जनताप्रतिको व्यवहारलाई आत्माले मूल्यांकन गरेर निर्णय गर्नुपर्छ।”

पटेलले आफूलाई अवसर प्राप्त भए जनताको सेवकका रूपमा काम गर्दै शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी तथा सुशासनका क्षेत्रमा प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...