स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पक्राउ
वीरगंज , साउन १६ —
पर्सा प्रहरीले स्रोत नखुलेको प्रतिबन्धित भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा जगरनाथपुर गाउँपालिका–२ स्थित नहर सडकखण्डमा मोटरसाइकल जाँच गर्ने क्रममा मकवानपुरका ४२ वर्षीय दिपेश हिमडुङ र २६ वर्षीय तिलक हिमडुङलाई पक्राउ गरिएको हो।
उनीहरूको साथबाट भारतीय रुपैयाँ २ लाख ९ हजार ५ सय बरामद भएको प्रहरीले जनाएको छ। बरामद रकममध्ये ५००, २०० र १०० दरका भारतीय नोट रहेका छन्। साथै प्रयोग गरिएको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार बरामद रकमको स्रोत खुल्न नसकेपछि दुवै जनामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




